काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा साढे ११ अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ११.६६ अंकले बढेको हो । ०.४२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७५५.४० अंकमा उक्लिएको छ ।
समग्रमा बजार उचालिए पनि विकास बैंक, फाइनान्स, होटल, हाइड्रो, लघुवित्त र ट्रेड्रिङ समूह राताम्मे भएका छन् भने बाँकी अरु समूहमा हरियाली छाएको छ ।
आज ३२८ कम्पनीका २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६ सय १२.८७ रुपियाँ बराबरको कारोबार भएको छ ।
गार्डियन माइक्रो लाइफ, कुमारी सवल योजना र छ्याङ्दी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९४ र ८.०२ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै रिलायन्स फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.२४ प्रतिशतले घाटा व्यहोरेका छन् । आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९५ करोड ६४ लाख ५१ हजार ३ सय ६६.१० रुपियाँ बराबरको करोबार भएको नेप्सेले जनाएको छ ।