१० फागुन, काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म (७ महिना) मा २५ अर्ब ८७ करोडभन्दा बढीको तरकारी आयात भएको छ । माघ मसान्तसम्ममा २५ अर्ब ८७ करोड ७८ लाख २५ हजार रुपैयाँको तरकारी आयात भएको भन्सार विभागले जनाएको छ ।
उक्त तरकारी आयात हुँदा ५ अर्ब १७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ । सोही अवधिमा १२ अर्ब ३२ करोड २२ लाख ११ हजार रुपैयाँको फलफूल आयात भएको छ ।
उक्त फलफूल आयात हुँदा ३ अर्ब ८९ करोड ४१ लाख ३३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।