• फाल्गुन १० २०८१, शनिबार

शहीद, बेपत्ता र घाइते परिवारको उचित मूल्याङ्कन गर्छौं : प्रचण्ड

फाल्गुन ९ २०८१, शुक्रबार

फागुन ९, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित शहीदपार्कमा आज आयोजित भेटघाट कार्यक्रममा उनले शहीदकै योगदानका कारण मुल्क यो अवस्थामा आइपुगेकाले उक्त योगदान भुल्न नहुने बताए ।

बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिलाई पार्टीकै पहलमा राष्ट्रिय सम्मान दिइएको बताउँदै उनले थप प्रोत्साहन र योगदानको कदर आवश्यक रहेको बताए । पछिल्लो समय पार्टीले यस्ता परिवारसँग भेटघाट गर्ने अभियानलाई तीव्रता दिइरहेको भन्दै यस कार्यलाई जिल्ला तथा प्रदेशलगायत सबै क्षेत्रमा सञ्चालन गर्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले शहीदलाई व्यवस्थित बनाउन सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।