• बैशाख १३ २०८२, शनिबार

प्रकृति लम्सालको शव भैरहवा ल्याइयो,स्वर्गद्वारी घाटमा गरियोअन्त्येष्टि

फाल्गुन ८ २०८१, बिहीबार

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव अन्त्येष्टि गरिएको छ।

बुधबार साँझ लम्सालको शव सुनौली नाका हुँदै घर ल्याइएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बताए।

लम्सालको शवलाई केही समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी)मा राखिएको थियो । लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केही समय राखेर मध्यराति नै स्थानीय स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको हो ।

गत आइतबार बुटवलकी प्रकृति कलेजको होस्टलेमा मृत अवस्थामा भेटिएकी थिइन् ।