काठमाडौं, फागुन ५ । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ ।