• फाल्गुन ३० २०८१, शुक्रबार

ह्‌वात्तै घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

फाल्गुन ४ २०८१, आईतवार

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको हो ।

शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँ रहेकोमा आइतबार २ हजार ७ सय रुपैयाँले घट्दै १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको हो ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ ।