• फाल्गुन १ २०८१, बिहीबार

२६७८ अंकमा झर्याे सेयर बजार, फाइनान्समा आकर्षण

फाल्गुन १ २०८१, बिहीबार

१ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७.२६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७८ मा कायम भएको छ । अघिल्लो दिन बजार जम्मा १.८६ अंक बढेको थियो । बजार घट्दा आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९२ करोडको भयो । ७६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो ।

त्यस्तै लगानी ०.५२ र माइक्रोफाइनान्स ०.१७ प्रतिशत बढे । अरु सबै सेक्टर घटेका छन् । बैंकिङ ०.२३, विकास बैंक ९.९५, होटल तथा पर्यटन ०.५८, हाइड्रोपावर ०.९०, जीवन बीमा ०.१४, उत्पादन ०.४७, निर्जीवन बीमा ०.८७, अन्य ०.१० र व्यापार समूह ०.०१ प्रतिशत घटे । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्र् र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।

बाराही हाइड्रोपावरको मूल्य ६.७७ प्रतिशत बढ्यो । हालै सूचीकृत गार्डियन माइक्रोलाइफको मूल्य प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसा पुगेको छ । न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ४.९, रिभर फल्स पावरको ४.१० तथा एनएलजी इन्स्योरेन्सको ३.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, राधि विद्युत, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्स क्रमशः अगाडि रहे ।