• माघ ३० २०८१, बुधबार

ह्वात्तै बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

माघ २९ २०८१, मंगलवार

२९ माघ, काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । योसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो ।

यसअघि नेपालमा कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ । त्यतिबेला सुनको भन्सार दर २० प्रतिशत थियो । हाल भन्सार दर १० प्रतिशत छ ।

जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा नयाँ मूल्य रेकर्ड बने पनि यहाँ कात्तिक १५ को रेकर्ड तोडिएको छैन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले निम्त्याएको ‘ट्रेडवार’का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २९ सय अमेरिकी डलर नाघेको छ ।