• माघ २५ २०८१, शुक्रबार

सुरु भयो ३०औं संस्करणको क्यान इन्फोटेक–२०२५

माघ २५ २०८१, शुक्रबार

काठमाडौं । आजदेखि ३०औं संस्करणको क्यान इन्फोटेक–२०२५ सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा कार्यक्रम सुरू भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ३०औं संस्करणको क्यान इन्फोटेक उद्घाटन गरेका छन् ।

माघ २८ सम्म चल्ने क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नवीनतम प्रविधिहरू र स्थानीय बजारको माग अनुसार विकास भएका प्रतिभा तथा आविष्कारहरूलाई प्रस्तुत गरिएको क्यानले जनाएको छ ।