• माघ २५ २०८१, शुक्रबार

ह्वात्तै घट्याे सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

माघ २५ २०८१, शुक्रबार

२५ माघ, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४० रुपैयाँ घटेको हो । यस्तै चाँदीको भने ५ रुपैयाँ बढेको छ ।

यससँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ थियो ।