माघ २, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने भाइरल आशिका तामाङ पक्राउ परेकी छिन् । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध अभद्र व्यवहार आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आशिका बेथितिविरुद्ध भन्दै सार्वजनिक रूपमा अभद्र व्यवहारमा उत्रिएकी थिइन् । सामाजिक सञ्जालमा उनी भाइरल बनेकी थिइन् ।