• माघ १८ २०८१, शुक्रबार

केईले ल्यायो शून्य प्रतिशत ब्याजको किस्तामा विद्युतीय गाडी किन्न सकिने अफर

पुष २८ २०८१, आईतवार

काठमाडौं । केईले शून्य प्रतिशत ब्याजदरको किस्ता सुविधामा विद्युतीय गाडी (ईभी) किन्न सकिने अफर ल्याएको छ । कम्पनीले केई एक्स३ प्रो ईभी शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षका किस्ता सुविधामा किन्न सकिने बताएको हो ।

यो स्मार्ट, दिगो र शक्तिशाली ड्राइभिङ चाहनेका लागि विशेष अवसर भएको कम्पनीले जनाएको छ ।

केई एक्स३ प्रोमा १२० किलोवाटको मोटर छ । ५३.६ किलोवाटआवरको ब्याट्री रहेको गाडीले ३७० किलोमिटर रेन्ज दिन्छ । यसको टर्क २६० एनएम छ । नेपालका लागि केईको आधिकारिक बिक्रेता गो अटोमोबाइल्स रहेको छ ।