• पुष १२ २०८१, शुक्रबार

आजदेखि चितवनमा ‘मह उत्सव’ हुँदै

पुष ११ २०८१, बिहीबार

चितवन । चितवनमा आजदेखि पुस १५ गतेसम्म ‘मह उत्सव’ हुँदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि ‘मह उत्सव’को आयोजना गरेको हो ।

परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्री कक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ ।

परियोजनाले मौरीजोन अन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’ मा सहयोग गर्दै आएको छ ।

आर्थिक वर्ष २०७५–७६ देखि चितवनमा मौरीजोन स्थापना भएको हो । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बताए ।

चितवनमा गत वर्ष आठ सय मेट्रिकटन मह उत्पादन भएको थियो ।