मासु तथा जोर्नीको दुखाइलाई बाथ रोग भनिन्छ । यो धेरै किसिमको हुन्छ । बाथ रोगमध्ये युरिक एसिड पनि एउटा समस्या हो ।
जाडोमा जोर्नीको दुखाई अन्य मौसममा भन्दा बढी हुन्छ । जाडो मौसममा बाथ रोगका बिरामी पनि धेरै नै आउने गरेका छन् ।
यो लामो समयसम्म लाग्ने दीर्घ रोग हो । एक दुई पटक जोर्नी, घुँडा दुख्दैमा बाथ रोग नै भएको भन्न मिल्दैन । कम्तिमा ६ हप्ता भन्दा बढी जोर्नी निरन्तर दुख्यो भने मात्रै बाथरोग भएको मानिन्छ । बाथरोग हुँदा जोर्नी दुख्नेसँगसँगै घुँडा सुन्निने, छाला, आँखा र मुटुमा समस्या देखिने गर्दछ ।
यही कारणले बाथ हुन्छ भन्ने छैन । तर धेरैजसोमा वंशाणुगत कारणले हुने गरेको छ । कसैकसैलाई चाहिँ भाइरल इन्फेक्सनका कारण पनि भएको पाइएको छ ।
चिसोबाट बच्ने, युरिक एसिड हुने खालका खानेकुरा नखाएमा बाथरोगबाट बच्न सकिन्छ । जस्तै रातो मासु, गेडागुडी, तामा, च्याउ, मादक पदार्थबाट टाढा रहने हो भने यसलाई नियन्त्रण गर्न सकिन्छ ।
बाथरोगको घरेलु उपचार:
अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथ रोग बढी देखिने गर्दछन् । सर्वप्रथम त चिसोबाट जोगिने, जोर्नीहरु दुखेमा तातोले सेक्ने, प्रर्याप्त मात्रामा आराम गर्ने गरेमा बाथलाई कम गर्न सकिन्छ । तर लामो समयदेखि जोर्नी, घुँडाहरु दुखिरहेको छ भने ढिलो नगरी अस्पताल जानुपर्छ । रगत जाँच गरिसकेपछि रोग पत्ता लाग्छ । यो दीर्घरोग भएकाले लामो समयसम्म नियमित चेकजाँच गर्नुपर्ने हुन्छ ।
अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथ रोग बढी देखिने गर्दछन् । सर्वप्रथम त चिसोबाट जोगिने, जोर्नीहरु दुखेमा तातोले सेक्ने, प्रर्याप्त मात्रामा आराम गर्ने गरेमा बाथलाई कम गर्न सकिन्छ ।