काठमाडौं, पुस १ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।आइतबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।