३० मंसिर, काठमाडौं । खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपर मार्केट’ को बृहत लगानीमा राजधानीको दरबारमार्गमा २५ तला अग्लो पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालमा खुद्रा व्यापारको सबैभन्दा ठूलो सञ्जाल खडा गरेको भाटभटेनीले पहिलो पटक आतिथ्य सत्कार उद्योगमा लगानी गरेको हो । भाटभटेनीले दरबारमार्गस्थित बन्द अवस्थामा रहेको पाँचतारे होटल डेल अन्नपूर्णमा रहेकै ठाउँमा अर्बौं लगानी गरेर नयाँ पाँचतारे होटल ‘अन्नपूर्ण स्क्वायर’ निर्माण गरिरहेको हो ।
भाटभटेनीले ३ सय ४८ कोठा भएको होटल निर्माण गरिरहेको हो । जसमा ३ सय १८ कोठा होटलका लागि तथा ३० वटा सर्भिस्ड अपार्टमेन्ट हुनेछन् । होटल पूर्णरूपमा सञ्चालनमा आउने बेलासम्म करिब ८ अर्ब रुपैयाँ लगानी हुने भाटभटेनीका संस्थापक तथा प्रबन्ध निर्देशक एवं अन्नपूर्ण स्क्वायरका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । अन्नपूर्ण स्क्वायरको व्यवस्थापन सम्हाल्न भाटभटेनीले भारतीय होटल व्यवस्थापन कम्पनी आईटीसी वेलकमसँग असोज दोस्रो साता सम्झौता गरिसकेको छ । अन्नपूर्ण स्क्वायर १ वैशाख २०८५ देखि पूर्ण सञ्चालनमा आउने गरी निर्माण भइरहेको छ ।
होटलले ९ लाख वर्गफिट क्षेत्रफल ओगट्ने छ । त्यस्तै होटल परिसरमै १ लाख वर्गफिट क्षेत्रफलको बिजनेस कम्प्लेक्स पनि निर्माण हुनेछ । जसमा भाटभटेनी सुपर स्टोरदेखि विभिन्न ब्रान्डका पसल, फुडकोर्ट, रेस्टुरेन्ट, कर्पोरेट कार्यालय लगायत रहने छ । अन्नपूर्ण स्क्वायर, सर्भिस्ड अपार्टमेन्ट र बिजनेस कम्प्लेक्स जानेका लागि सवारीसाधन पार्किङ गर्न कुनै समस्या हुनेछैन । तीन तलाको बेसमेन्ट पाकिङमा एकै पटक १ हजार १ सय २२ थान कार पार्किङ गर्न सकिने छ ।
यसमा होटलतर्फ ४ सइ ५० र बिजनेस कम्प्लेक्सतर्फ ६ सय ७२ थान कार अट्ने छ । ‘एकै थलोमा सुविधा सम्पन्न होटल, सर्भिस्ड अपार्टमेन्ट, सपिङ सेन्टर, फुडकोर्ट लगायत सबै सुविधा उपलब्ध गराउने हाम्रो उद्देश्य हो,’ भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भने, ‘अन्नपूर्ण स्क्वायर होटल नेपालको एउटा भिन्नै पर्यटन गन्तव्य बन्नेमा हामी ढुक्क छौं ।’ होटलको डिजाइन परम्परागत नेवारी कला–संस्कृति झल्कने खालको बनाइएको छ ।
यसको मतलब नेवारी कला–संस्कृतिलाई आधुनिक हिसाबमा ढालिएको छ । होटल परिसरको मध्य भागमा मन्दिर निर्माण गरिने छ । होटलका प्रत्येक कोठाबाट विभिन्न हिमाल र काठमाडौं सहर अवलोकन गर्न सकिने छ । अन्नपूर्ण स्क्वायर होटलले ४२ रोपनी क्षेत्रफल ओगटेको छ । होटलमा तीन वटा ठूला आकारका ब्यांक्वेट हल पनि निर्माण हुनेछन् । जसले एकै पटक ५ हजार जनासम्मलाई सेवा दिने सक्नेछन् । अन्नपूर्ण स्क्वायर निर्माण गर्न भाटभटेनी ग्रुपले २ अर्ब ७० करोड रुपैयाँ लगानीमा डेल अन्नपूर्ण होटलको ३० प्रतिशत सेयर खरिद गरेको छ ।
आतिथ्य सत्कार उद्योगमा भाटभटेनीको पहिलो लगानी हो । भाटभटेनीले अर्का व्यवसायी उमेश श्रेष्ठसँगको सहकार्यमा होटल निर्माण गरिरहेको हो । ३५ वर्षका लागि जग्गा ‘लिज’ (भाडा) मा लिइएको छ । वार्षिक ५ करोड रुपैयाँ भाडा तोकिएको छ भने पाँच वर्षपछि वार्षिक १७ करोड भाडा तिर्नुपर्ने र प्रत्येक दुई वर्षमा ५ प्रतिशतका दरले बढ्दै जाने सम्झौता भएको छ । होटल डेल अन्नपूर्ण कोरोना महामारी सुरु भएपछि सन् २०१९ मा बन्द गरिएको थियो ।
ठूलो परिमाणको ऋण भएका कारण अन्नपूर्णका सञ्चालक कपिल राणाले ऋण चुक्ता गर्न होटलको जग्गा बिक्री गर्न खोजे पनि सफल भएका थिएनन् । पछिल्लोपटक भाटभटेनीसँग साझेदारी गरेर पुनः होटल सञ्चालन गर्न राणा अगाडि बढेका हुन् । सन् १९८४ मा काठमाडौं टंगालस्थित भाटभटेनी मन्दिर छेउमा खोटाङका गुरुङले ३५ हजार रुपैयाँ लगानीमा १ सय २० वर्गफिट क्षेत्रफलको भाडाको कोठाबाट ‘भाटभटेनी सुपर मार्केट’ स्थापना गरेका थिए ।
हाल भाटभटेनीका दुई दर्जनभन्दा बढी शाखा सञ्चालनमा छन् । तीमध्ये काठमाडौं उपत्यकामा १३ तथा बाँकी विभिन्न प्रमुख सहरमा छन् । काठमाडौं उपत्यकामा टंगाल, महाराजगञ्ज, टोखा, कोटेश्वर, चुच्चेपाटी, अनामनगर, बालाजु, कलंकी, त्रिपुरेश्वर, कृष्णगल्ली, सातदोबाटो, सानागाउँ र थिमिमा भाटभटेनीका शाखा सञ्चालनमा छन् । त्यस्तै काठमाडौं बाहिर पोखरा, धरान, इटहरी, विराटनगर, जनकपुर, हेटौंडा, वीरगञ्ज, धनगढी, नेपालगञ्ज, बुटवल, भैरहवा र बिर्तामोडमा चलिरहेका छन् ।
नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन भाटभटेनीमा हाल ४ हजार ५ सयभन्दा बढीले पूर्णकालीन प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यसको वार्षिक आम्दानी ३२ अर्ब रुपैयाँभन्दा बढी छ ।
३० मंसिर, काठमाडौं । खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपर मार्केट’ को बृहत लगानीमा राजधानीको दरबारमार्गमा २५ तला अग्लो पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालमा खुद्रा व्यापारको सबैभन्दा ठूलो सञ्जाल खडा गरेको भाटभटेनीले पहिलो पटक आतिथ्य सत्कार उद्योगमा लगानी गरेको हो । भाटभटेनीले दरबारमार्गस्थित बन्द अवस्थामा रहेको पाँचतारे होटल डेल अन्नपूर्णमा रहेकै ठाउँमा अर्बौं लगानी गरेर नयाँ पाँचतारे होटल ‘अन्नपूर्ण स्क्वायर’ निर्माण गरिरहेको हो ।
भाटभटेनीले ३ सय ४८ कोठा भएको होटल निर्माण गरिरहेको हो । जसमा ३ सय १८ कोठा होटलका लागि तथा ३० वटा सर्भिस्ड अपार्टमेन्ट हुनेछन् । होटल पूर्णरूपमा सञ्चालनमा आउने बेलासम्म करिब ८ अर्ब रुपैयाँ लगानी हुने भाटभटेनीका संस्थापक तथा प्रबन्ध निर्देशक एवं अन्नपूर्ण स्क्वायरका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । अन्नपूर्ण स्क्वायरको व्यवस्थापन सम्हाल्न भाटभटेनीले भारतीय होटल व्यवस्थापन कम्पनी आईटीसी वेलकमसँग असोज दोस्रो साता सम्झौता गरिसकेको छ ।
अन्नपूर्ण स्क्वायर १ वैशाख २०८५ देखि पूर्ण सञ्चालनमा आउने गरी निर्माण भइरहेको छ । होटलले ९ लाख वर्गफिट क्षेत्रफल ओगट्ने छ । त्यस्तै होटल परिसरमै १ लाख वर्गफिट क्षेत्रफलको बिजनेस कम्प्लेक्स पनि निर्माण हुनेछ । जसमा भाटभटेनी सुपर स्टोरदेखि विभिन्न ब्रान्डका पसल, फुडकोर्ट, रेस्टुरेन्ट, कर्पोरेट कार्यालय लगायत रहने छ । अन्नपूर्ण स्क्वायर, सर्भिस्ड अपार्टमेन्ट र बिजनेस कम्प्लेक्स जानेका लागि सवारीसाधन पार्किङ गर्न कुनै समस्या हुनेछैन । ती
न तलाको बेसमेन्ट पाकिङमा एकै पटक १ हजार १ सय २२ थान कार पार्किङ गर्न सकिने छ । यसमा होटलतर्फ ४ सइ ५० र बिजनेस कम्प्लेक्सतर्फ ६ सय ७२ थान कार अट्ने छ । ‘एकै थलोमा सुविधा सम्पन्न होटल, सर्भिस्ड अपार्टमेन्ट, सपिङ सेन्टर, फुडकोर्ट लगायत सबै सुविधा उपलब्ध गराउने हाम्रो उद्देश्य हो,’ भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भने, ‘अन्नपूर्ण स्क्वायर होटल नेपालको एउटा भिन्नै पर्यटन गन्तव्य बन्नेमा हामी ढुक्क छौं ।’ होटलको डिजाइन परम्परागत नेवारी कला–संस्कृति झल्कने खालको बनाइएको छ । यसको मतलब नेवारी कला–संस्कृतिलाई आधुनिक हिसाबमा ढालिएको छ ।
होटल परिसरको मध्य भागमा मन्दिर निर्माण गरिने छ । होटलका प्रत्येक कोठाबाट विभिन्न हिमाल र काठमाडौं सहर अवलोकन गर्न सकिने छ । अन्नपूर्ण स्क्वायर होटलले ४२ रोपनी क्षेत्रफल ओगटेको छ । होटलमा तीन वटा ठूला आकारका ब्यांक्वेट हल पनि निर्माण हुनेछन् । जसले एकै पटक ५ हजार जनासम्मलाई सेवा दिने सक्नेछन् । अन्नपूर्ण स्क्वायर निर्माण गर्न भाटभटेनी ग्रुपले २ अर्ब ७० करोड रुपैयाँ लगानीमा डेल अन्नपूर्ण होटलको ३० प्रतिशत सेयर खरिद गरेको छ ।
आतिथ्य सत्कार उद्योगमा भाटभटेनीको पहिलो लगानी हो । भाटभटेनीले अर्का व्यवसायी उमेश श्रेष्ठसँगको सहकार्यमा होटल निर्माण गरिरहेको हो । ३५ वर्षका लागि जग्गा ‘लिज’ (भाडा) मा लिइएको छ । वार्षिक ५ करोड रुपैयाँ भाडा तोकिएको छ भने पाँच वर्षपछि वार्षिक १७ करोड भाडा तिर्नुपर्ने र प्रत्येक दुई वर्षमा ५ प्रतिशतका दरले बढ्दै जाने सम्झौता भएको छ । होटल डेल अन्नपूर्ण कोरोना महामारी सुरु भएपछि सन् २०१९ मा बन्द गरिएको थियो ।
ठूलो परिमाणको ऋण भएका कारण अन्नपूर्णका सञ्चालक कपिल राणाले ऋण चुक्ता गर्न होटलको जग्गा बिक्री गर्न खोजे पनि सफल भएका थिएनन् । पछिल्लोपटक भाटभटेनीसँग साझेदारी गरेर पुनः होटल सञ्चालन गर्न राणा अगाडि बढेका हुन् । सन् १९८४ मा काठमाडौं टंगालस्थित भाटभटेनी मन्दिर छेउमा खोटाङका गुरुङले ३५ हजार रुपैयाँ लगानीमा १ सय २० वर्गफिट क्षेत्रफलको भाडाको कोठाबाट ‘भाटभटेनी सुपर मार्केट’ स्थापना गरेका थिए ।
हाल भाटभटेनीका दुई दर्जनभन्दा बढी शाखा सञ्चालनमा छन् । तीमध्ये काठमाडौं उपत्यकामा १३ तथा बाँकी विभिन्न प्रमुख सहरमा छन् । काठमाडौं उपत्यकामा टंगाल, महाराजगञ्ज, टोखा, कोटेश्वर, चुच्चेपाटी, अनामनगर, बालाजु, कलंकी, त्रिपुरेश्वर, कृष्णगल्ली, सातदोबाटो, सानागाउँ र थिमिमा भाटभटेनीका शाखा सञ्चालनमा छन् । त्यस्तै काठमाडौं बाहिर पोखरा, धरान, इटहरी, विराटनगर, जनकपुर, हेटौंडा, वीरगञ्ज, धनगढी, नेपालगञ्ज, बुटवल, भैरहवा र बिर्तामोडमा चलिरहेका छन् । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन भाटभटेनीमा हाल ४ हजार ५ सयभन्दा बढीले पूर्णकालीन प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यसको वार्षिक आम्दानी ३२ अर्ब रुपैयाँभन्दा बढी छ ।