• मंसिर ३० २०८१, आईतवार

नेपाली बजारमा सुनको मूल्य १ हजार २ सयले घट्यो

मंसिर ३० २०८१, आईतवार

काठमाडौं । अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएके छ । योसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य १ हजार २ सयले घटेको हो । शुक्रबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।