मंसिर ६ । नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ । गत सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो ।
सोमबार प्रतितोला एक हजार रूपैयाँ, मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँ, बुधबार प्रतितोला नौ सय रूपैयाँ र बिहीबार प्रतितोला एक हजार गरी यो चार दिनमा सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
बुधबार प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
आज अन्तराष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।