• मंसिर ५ २०८१, बुधबार

१ हजार १ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंसिर ५ २०८१, बुधबार

मंसिर ५ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला एक हजार १ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ९ सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा झरेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो । आज अन्तराष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।