• मंसिर २ २०८१, आईतवार

वैधानिक माध्यमबाट नेपालमा पैसा पठाउन इजरेली दुतावासको आग्रह

मंसिर २ २०८१, आईतवार

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले नेपालमा वैधानिक माध्यमबाट रुपैयाँ पठाउन आग्रह गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै राजदूतावासले इजरायलस्थित विभिन्न सहरहरूमा रोजगार गरिरहेका नेपालीलाई

वैधानिक माध्यमबाट नेपाल रुपैयाँ पठाउन आग्रह गरेको हो । राजदूतावासले भनेको छ, ‘इजरायलमा विभिन्न रोजगार गरी बस्नु भएका नेपाली समुदायहरूलाई आफ्नो परिश्रमको कमाई उचित वैधानिक माध्यमबाट आफ्नो देश पठाई विभिन्न खाले जोखिमहरूबाट टाढा रहन र हुण्डी कारोबारहरूबाट सिर्जित व्यक्तिगत लेनदेनका विषयहरूमा दूतावासमा नियमित जस्तो गुनासाहरू आइरहेको हुँदा कुनै पनि बिचौलियाहरूको मिठो बोली र क्षणिक विश्वासमा नपर्न हुन सबै प्रवासी नेपालीहरूमा यस राजदूतावास विशेष अनुरोध गर्दछ ।’

यस्तै राजदूतावास वैधानिक माध्यमहरू हुँदाहुँदै केहीले अवैधानिक माध्यमहरूबाट नेपाल रुपैयाँ पठाउने गरेको भन्दै चिन्तित व्यक्त गरेको छ ।