काठमाडौं । समता घरेलु लघुवित्तको थप शेयर निष्कासन (एफपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज शुक्रबार बिहान ९ बजे बाँडफाँड गरेको हो ।
लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । जसमा ३५ हजार ९० जनालाई १० कित्ताका दरले एफपीओ परेको छ भने बाँकी ४.२५ कित्ता ४ जनालाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
लघुवित्तले सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको थियो । एफपीओ पश्चात लघुवित्तको सर्वसाधारण शेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुगेको छ ।