• मंसिर ११ २०८१, मंगलवार

२ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

कार्तिक २७ २०८१, मंगलवार

काठमाडौं । आज सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य आज ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।