• मंसिर १२ २०८१, बुधबार

अमेरिकाको टस्केगी विश्वविद्यालयमा गोलीबारी, १ को मृत्यु, १६ घाइते

कार्तिक २६ २०८१, सोमबार

वासिङ्टन । अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एकजनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।

घटनाको अनुसन्धानका लागि मेसिनगन राखेको आरोपमा २५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको अलाबामा कानुन प्रवर्तन एजेन्सीले एक समाचार विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिका अनुसार मेसिनगन रूपान्तरण उपकरणका साथ ह्यान्डगन लिएर आरोपित घटनास्थलबाट बाहिर जाँदै गर्दा पक्राउ गरिएको थियो ।

विश्वविद्यालयले कानुन प्रवर्तनले घटनास्थललाई सुरक्षित गरेको र अलाबामा ब्यूरो अफ इन्भेस्टिगेसनले अनुसन्धान गरिरहेको बताएको छ ।

संयुक्त राज्य अमेरिकामा यस वर्ष हालसम्म रिपोर्ट गरिएको कम्तीमा ४५४ वटा सामूहिक गोलीबारीमध्ये यो पनि एक हो ।
गत अक्टोबर १९ मा अल्बानी स्टेट युनिभर्सिटीमा भएको गोली हानाहानमा एकजनाको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । सोही दिन मिसिसिपीमा गोली चल्दा तीनजनाको मृत्यु भएको थियो भने अन्य आठजना घाइते भएका थिए ।