• मंसिर ११ २०८१, मंगलवार

भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार छु : ट्रम्प

कार्तिक २३ २०८१, शुक्रबार

काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनाव जितेलगत्तै डोनाल्ड ट्रम्पले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।

एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘मलाई लाग्छ हामी वार्ता गर्नेछौँ ।’
रुसी समाचार एजेन्सी टासका अनुसार डोनाल्ड ट्रम्पले आफ्नो कुराकानीमा पुटिनसँग अहिलेसम्म वार्ता नगरेको बताए पनि यो सम्भावनालाई अस्वीकार पनि गरेका छैनन् ।

कुराकानीका क्रममा ट्रम्पले अहिलेसम्म युक्रेनका राष्ट्रपति भोदोदिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत विश्वभरका ७० भन्दा धेरै नेताहरूसँग कुरा गरिसकेका छन् ।

ट्रम्पले आफू र जो बाइडेनले चाँडै नै सँगै डिनर गर्ने सहमति गरेको पनि बताएका छन् ।