• मंसिर ११ २०८१, मंगलवार

मुस्लिम विरुद्ध बोलिरहेका ट्रम्पकै चुनावी प्रचारको भीडमा लाग्यो फ्री प्यालेस्टाइनको नारा

कार्तिक १७ २०८१, शनिबार

मिसिगन । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मिसिगनको डियरबोर्न क्षेत्रमा चुनावी प्रचार गरेका छन् । ट्रम्पको चुनावी अभियानका क्रममा भीडको एक भागले ‘फ्री प्यालेस्टाइन’को नारा पनि लगाएको थियो ।

मिसिगन एक स्विङ राज्य हो र यसको डियरबोर्न सहरमा ठूलो अरब-अमेरिकी समुदाय छ।

अर्कोतर्फ, आफ्नो अभियानको एक भागको रूपमा डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले पहिलो पटक मतदान गर्ने जेन-जी मतदाताहरूलाई लोभ्याउने प्रयास गरिरहेकी छिन्।

हालैको र्‍यालीमा युवा मतदाताहरूलाई सम्बोधन गर्दै कमला ह्यारिसले भनिन्, “म जेन-जी जेनेरेशनलाई साँच्चै माया गर्छु। मलाई थाहा छ तपाईँहरू बन्दुक कानुन र जलवायु सङ्कट जस्ता मुद्दाहरूमा परिवर्तनको लागि हताश हुनुहुन्छ। तपाईको भोट तपाईँको आवाज हो र तपाईको आवाज तपाईको शक्ति हो।’