• कार्तिक ३ २०८१, शनिबार

सेन्ट पाउलीमाथि बोरुसिया डर्टमुन्डको रोमाञ्चक जित

कार्तिक ३ २०८१, शनिबार

कात्तिक ३, काठमाडौं । बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले रोमाञ्चक जित हात पारेको छ ।

घरेलु मैदानमा भएको खेलमा बोरुसिया डर्टमुन्डले एफसी सेन्ट पाउलीमाथि २–१ गोलअन्तरको रोमाञ्चक जित निकालेको हो ।

खेलमा अग्रता भने बोरुसिया डर्टमुन्डले नै लिएको थियो । खेलको ४३औँ मिनेटमा रेमी बेन्सेबेनीले गोल गर्दै बोरुसिया डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ७८औँ मिनेटमा एफसी सेन्ट पाउलीका लागि एरिक स्मिथले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको ८३औँ मिनेटमा सेरहोउ गुइरासीले गोल गर्दै बोरुसिया डर्टमुन्डलाई २–१ गोलअन्तरको रोमाञ्चक जित दिलाएका हुन् ।

जितसँगै बोरुसिया डर्टमुन्ड ७ खेलबाट १३ अंकका साथ लिगको चौथो स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानमा रहेको बायर्न म्युनिखको ६ खेलबाट १४ अंक छ । पराजित एफसी सेन्ट पाउली ७ खेलबाट ४ अंकका साथ लिगको १६औँ स्थानमा छ ।