३० असोज, काठमाडौं । माओवादी केन्द्र सहितका राजनीतिक दल तथा नागरिक अगुवाहरुले इजरायलले प्यालेस्टाइन तथा लेबनानमा गरेको आक्रमणको निन्दा गरेका छन् ।
साथै उनीहरुले प्यालेस्टाइन तथा लेबनानका जनताको पक्षमा मत दिन नेपाल सरकारलाई समेत आग्रह गरेका छन् ।
बुधबार जारी संयुक्त वक्तव्य जारी गर्दैै उनीहरुले इजरायलले गरिरहेको आक्रमण २१औं सताब्दीकै सबभन्दा ठूलो जातीय नरसंहार भएको बताएका छन् ।
‘हामी यस राज्य नियोजित हिंसाको घोर निन्दा एवं भन्र्सना गर्दैछौं’ वक्तव्यमा भनिएको छ । उनीहरुले इजरायललले गरिरहेको आक्रमण रोक्न माग गरेका छन् । साथै यो हिंसाविरुद्ध प्यालेस्टायनी तथा लेबनानी जनताको पक्षमा देशको मत अभिव्यक्त गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
संयुक्त वक्तव्यमा नेपाली नागरिकहरुलाई इजरायल, गाजा र लेबनानमा नजान आग्रह गरेका छन् । साथै इजरायल र लेबनानमा भएका नेपालीहरुको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न समेत सरकारलाई अपील गरेका छन् ।
प्रेस विज्ञप्तिको पूर्णपाठः