काठमाडौं । भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ।
केही दिनदेखि उनको अवस्था गम्भीर भएर मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचाररत उनको त्यहीँ निधन भएको हो। रतन टाटालाई नियमित जाँचका लागि सोमबार अस्पताल भर्ना गरिएको थियो।
रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । रतन टाटा को भारत सरकार द्वारा पद्म विभूषणद्वारा सम्मानित भएका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
मोदीले लेखेका छन्, ‘रतन टाटासँग मैले गरेका अनगिन्ती कुराकानीले मेरो हृदय भरिएको छ। म मुख्यमन्त्री हुँदा गुजरातमा उनलाई बारम्बार भेट्थें। हामी विभिन्न विषयमा छलफल गर्थ्यौं। मैले उनको दृष्टिकोण लाई धेरै समृद्ध पाएँ। जब म दिल्ली आएँ, तब पनि यी कुराकानीहरू जारी रहे। उनको निधनले गहिरो दुःखी बनाएको छ। यस दुखद घडीमा मेरो विचार उनको परिवार, साथीहरू र प्रशंसकहरूसँग छ। ओम शान्ति।’