मस्को । रुसी सेनाल रुसी र चिनियाँ नौसेनाका जहाजहरूले प्रशान्त महासागरको उत्तरपूर्वी भागमा संयुक्त गस्ती गरेको मङ्गलबार बताएको छ । जहाजहरूले पनडुब्बी विरोधी रणनीतिको अभ्यास गर्न युद्धाभ्यास गरेर अघि बढेको बताइएको छ ।
दुई मुलुकले संयुक्त सैन्य अभ्यास गरेपछि यो गस्ती गरिएको हो । दुवै मित्र राष्ट्रबीच घनिष्ठ सम्बन्ध कायम हुँदा नाटोले बेइजिङलाई मस्कोको युक्रेन युद्धको समर्थक भनेको छ ।
सेप्टेम्बरको प्रारम्भमा दुवै पक्षले संयुक्त समुद्री गस्तीमा भाग लिने र चीनले रुसको ‘ओसन–२०२४’ रणनीतिक अभ्यासमा भाग लिने चीनले बताएको थियो ।
जुलाईमा दुवै मुलुकले दक्षिणी चीनको ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहर वरपरको जल र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए ।
रुस र चीनले हालैका वर्षहरूमा सैन्य र आर्थिक सहयोग बढाएका छन् । दुवैले पश्चिमी प्रभुत्व विरुद्ध खासगरी विश्व मामिलामा अमेरिकी प्रभुत्व भनेर बुझ्ने कुराको विरोध गरिरहेका छन् ।
दुवै मुलुकले मस्कोले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गर्नु केही समयअघि ‘सीमाहीन’ साझेदारीको घोषणा गरेका थिए । रुससित युक्रेनमा लडिरहेका युरोपयिन र अमेरिकनहरु चीनले रुसलाई सहयोग नगरेमा रुसलाई युक्रेनमा परास्त गर्ने अपेक्षा राखेका छन् । तर रणनैतिक साझेदारीमा हस्ताक्षेर गरिसकेका यी दुई देशबीच पश्चिमा प्रभुत्व विरुद्ध मिलेर जाने सहमति भइसकेको छ ।