• आश्विन २० २०८१, आईतवार

ट्रम्पलाई साथ दिन कार्यक्रममै पुगेका मस्कले भने -‘निर्वाचन कुनै पनि हालतमा जित्नैपर्छ’

आश्विन २० २०८१, आईतवार

अमेरिका ।   डोनाल्ड ट्रम्प फेरि एक पटक विवादमा आएका छन् । गत जुलाइमा उनीमाथि गोली प्रहार भएको पेनेसेल्भिनियामा उनले शनिबार फेरि कार्यक्रमको आयोजना गरे । विवादास्पद अभिव्यक्तिका लागि परिचित ट्रम्पको कार्यक्रममा टेस्ला तथा ट्विटरका प्रमुख एलन मस्क पनि उपस्थित भएका थिए।

ट्रम्पको पक्षमा बोल्दै उनले निर्वाचन कुनै पनि हालतमा जित्नैपर्ने बताए। गत जुलाईमा ट्रम्प माथि आक्रमण भए लगत्तै मस्कले ट्रम्पको पक्षमा बोल्न सुरु गरेका थिए। मस्क उपस्थित हुने भएपछि कार्यक्रममा भीड नै थियो। सोही कार्यक्रममा उनले हेलेन आधीको ल्याएको क्षति र यसलाई गम्भीरतापूर्वक लिने कुरामा बाइडेन प्रशासन चुकेको कुरामा ट्रम्पले बारम्बार जोड दिएका छन्।

ट्रम्पले अन्य केही विवादास्पद अभिव्यक्ति पनि दिएका छन्। उनले पछिल्लो केही समयको अन्तरालमा १३ हजार ९९ जनाको हत्या भएको बताए। डिपार्टमेन्ट अफ होम ल्यान्ड सेक्भुरिटी (डिएचएस)ले लामो समय तथा बाइडेन प्रशासन भन्दा धेरै अघिको तथ्यांक भए पनि ट्रम्पले यसलाई छोटो समयको भनेर व्याख्या गरेको बताए।