न्युयोर्क । इरानको मिसाइल आक्रमणपछि अमेरिका इजरायलको पक्षमा बोलेको छ। मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको बैठक भएको थियो। उनीहरूले इजरायललाई सहयोग गर्न तयार रहेको जनाएका हुन्। मंगलबार नै ह्यारिसले प्रतिक्रिया व्यक्त गर्दै इरानी आक्रमणको निन्दा गरेकी छन्। इजरायलमा धेरै अमेरिकीको बसोबास छ। अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले इजरायलसँगको सहकार्य गर्ने जनाइ सकेका छन्।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलेभानले अमेरिका इजरायल डिफेन्स फोर्सले इरानी आक्रमण विफल पार्न संयुक्त प्रयास गर्ने जनाएका छन्।
इरानले आफैले बनाएको हाइपर सोनिक मिसाइल प्रयोग गरेको छ। यसअघि अप्रिल महिनामा पनि इरानले आक्रमण गरेको थियो। यस पटकको आक्रमण ठुलो रुपमा अगाडि बढेको छ।