• आश्विन ११ २०८१, शुक्रबार

युद्ध जित्ने तयारीमा जेलेन्सकी,बाइडेनसँग फेरि मिसाइलको सहयोग माग्दै

आश्विन ११ २०८१, शुक्रबार

काठमाडौं।  युक्रेनी राष्ट्रपति भालोडोमिर जेलेन्सकी युद्ध जित्ने तयारी गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनसंग ‘ विजयी योजना ’का बारे वार्ता गर्दै छन् ।

यस वार्तामा सैन्य सहयोग देखि आर्थिक सहयोगसम्मका विषयमा छलफल भएको अनुमान छ ।

सो बैठकमा बाइडेनको साथमा उपराष्ट्रपति तथा ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदकी प्रत्याशी कमला ह्यारिस समेतको उपस्थिति थियो । रिपब्लिक पार्टीले जेलेन्सकीको अमेरिका भ्रमण सहयोग माग्नका लागि मात्र नभएर निर्वाचनमा प्रभाव पानै समेत भएको टिप्पणी गरेको छ ।

जेलेन्सकीले यस भ्रमणमा बाइडेनसँग फेरि मिसाइलको सहयोग मागी रहेका छन् । अमेरिका र अन्य सहयोगी देशले  लामो दुरीको हतियार सहयोग बढाएमा युद्ध जित्न सकिने विश्वास जेलेन्सकीको छ ।  केही दिन अघि मात्र युद्ध छोटो हुने बाटो भएको प्रतिक्रिया दिएलगत्तै उनी यस वार्तामा अग्रसर भएका थिए ।