• मंसिर १४ २०८१, शुक्रबार

मुस्लिमहरू मारेको तथ्यांक लुकाउन इजरेलद्वारा अलजजिरा मिडियामाथि प्रतिबन्ध

आश्विन ६ २०८१, आईतवार

काठमाडौं । इजरायली सैनिकले समाचार संस्था अलजजिराको इजरालयस्थित वेष्ट बैंकमा रहेको कार्यालयमा छापा हानेको छ । हातहतियारसहित अलजजिराको कार्यालयमा छिरेका इजरायली सैनिकले ४५ दिनभित्र वेष्ट बैंकमा रहेको कार्यालय बन्द गर्न निर्देशन दिएको छ ।

वेष्ट बैंकस्थित अलजजिराका ‘ब्युरो चिफ’ वालिद अल ओमारीका अनुसार इजरायली सेनाले अलजजिरामाथि आतंकवादलाई प्रोत्साहन र सहयोग गरेको आरोप लगाएको छ । कार्यालयमा इजरायली सैनिकले अश्रुग्याँस समेत प्रहार गरेका छन् । सैनिकहरूले कार्यालयभित्र छिर्ने बेला अश्रुग्याँस सेल पड्काएको र क्यामेरा चलाउन प्रतिबन्ध लगाएको अलजजिराले लेखेको छ ।

एक महिनाअगाडि इजरायलले अलजजिरालाई इजरायलभित्र समाचार संकलनमा प्रतिबन्ध लगाएको थियो । कार्यालयमा छापा हान्नु र आफूहरूलाई इजराययल भित्रबाट समाचार संकलनमा प्रतिबन्ध लगाउनुलाई सत्य मेटाउने प्रयासका रूपमा अथ्र्याएका छन् ।

अलजजिराका वेष्ट बैंक ब्युरो चिफले भने, “पत्रकारलाई टार्गेट गर्नुको उदेश्य सत्य मेटाउनु हो, मान्छेहरूलाई सत्य सुन्नबाट रोक्नु हो ।” हमास–इजरायल युद्ध सुरु भएदेखि १७३ पत्रकार मारिएका छन् ।