• मंसिर १२ २०८१, बुधबार

गृहमन्त्री लेखकले भने-कांग्रेस-एमालेबीचको सातबुँदे सहमति कार्यान्वयन हुन्छ, शंका नगर्नुस्

भाद्र १९ २०८१, बुधबार

गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।

बुधबार नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको उद्घाटन गर्दै गृहमन्त्री लेखकले दुई दलबीच भएको सहमति कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका हुन् । दुई दलबीच सातबुँदे सहमति भएर सरकार निर्माण भएको छ । कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ, सशस्त्र द्वन्द्वलाई शान्तिमा ल्यायौँ, उनले भने ।

मुलुकमा दुई ठूला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै गृहमन्त्री लेखकले अहिले पनि संसदका दुई ठूला दल मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए । उनले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताए ।

गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागि समेत अब्बल बनाउनुपर्ने बताए । पछिल्लो समय साइवर अपराध बढेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नु परेको उनको भनाइ थियो ।