• मंसिर १२ २०८१, बुधबार

ओरालो लागेको नेप्से आज के होला ?

भाद्र १२ २०८१, बुधबार

काठमाडौं । हिजो ओरालो लागेको शेयर बजारबारे सबैलाई निकै चासो बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११.९६ अंकले घटेसँगै २० कम्पनीको मात्र शेयर मूल्य बढेको छ ।

मंगलबार ३३० वटा कम्पनीको शेयर कारोबार हुँदा २२३ वटा कम्पनीको शेयर मूल्य घटेको थियो भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

प्रि ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको शेयर बजार बजार खुलेको केही समयबाट नै घट्न थालेको थियो । बजारले ४ पटक तल झरेर माथि उठ्न खोजेता पनि बजार भने माथि जान सकेन । बजार बन्द हुनुभन्दा अन्तिम ३ मिनेटमा केही अंकले बजार सुधार आउँदा १११ अंकले बजार घटेर बन्द भयो ।

  नेप्सेमा भारी गिरावट आएसँगै १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच भयो ।

त्यस्तै वाणिज्य बैंक ४.९२ प्रतिशतले, विकास बैंक ४.१८, फाइनान्स ४.६९ प्रतिशत, हाइड्रो ३.९६ प्रतिशत, इन्भेष्टमेन्ट ४.१३ प्रतिशत, जिवन बीमा ३.६५ प्रतिशत, उत्पादन २.९३ प्रतिशत, लघुवित्त २.९६ प्रतिशत, म्यूचअल फण्ड १.०९ प्रतिशत, निर्जीवन बीमा २.४५ प्रतिशत र अन्य समूह ३.८५ प्रतिशतले घटेको छ ।