काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाविधेशन जबर्जस्तीरुपमा भएको बताएका छन् । उनले काठमाडौंमा भएको सम्मलेनको समापनका क्रममा यस्तो बताएका हुन् ।
“सर्वोच्चले राजाले थुन्दा पनि छुटाएको हो । अहिले पनि न्यायालयले मलाई बचाएको छ । जसको कारणले म नेपालमा आएको छु । अझै मुद्दा हामीले हालेका छौँ । यो चाहिँ मैले मागेको थिइनँ । विशेष अधिवेशनलाई मैले मानेको पनि थिइनँ । सबैको सहमतिमा विशेष महाधिवेशन गरौँ भनेको थिएँ,” देउवाले भने, “जबर्जस्ती गरेर धेरै साथीलाई बाहिर राखियो । अदालत गयौँ । अदालतको निर्णय आउन बाँकी छ । अहिले अदालतको विषयमा धेरै बोल्नुपर्ने कारण छैन ।”