• बैशाख ९ २०८२, मंगलवार

ब्राजिलमा विमान दुर्घटना हुँदा पाइलटसहित ६१ जनाको मृत्यु

श्रावण २६ २०८१, शनिबार

ब्राजिल  ।  ब्राजिलमा एउटा यात्रुवहाक विमान दुर्घटनामा परेको छ । भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको स्थानीय टेलिभिजन च्यानल ग्लोबो न्यूजले उल्लेख गरेको छ।

दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो । उक्त दुर्घटनामा ६१ जनाकै मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । एटीआर ७२-५०० जहाजले ५७ यात्रु र चार जना चालक दलका पाइलटसहित उडान भरेको थियो।

दुर्घटनाको खबर सुनेपछि ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भने,’धेरै दुखद घटना भयो। पीडित परिवारप्रति मेरो गहिरो समवेदना।’ विमान दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।