बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीको २०औं केन्द्रीय समितिको थर्ड प्लेनरी सेसन सोमबारबाट बेइजिङमा सुरु भएको छ । थर्ड प्लेनम समेत भनिने यसखालको बैठक हरेक पाँच वर्षमा हुने गरेको छ ।
यो बैठकले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने बारेमा निणर्य लिनेछ ।
जसमा चीनको समग्र आर्थिक र सामाजिक विकासका विषयहरु पर्ने जनाइएको छ । सिन्ह्वा न्यूज एजेन्सीका अनुसार पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले बैठकमा पोलिटब्युरोका तर्फबाट वर्क रिपोर्ट प्रस्तुत गरेका छन् ।
जसमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले व्याख्या सहित गरेको मस्यौदा निणर्य समेत छन् । त्यसलाई विस्तृत रुपमा सुधार र चीनलाई आधुनिकीकरण तर्फ लग्ने योजना रहेको जनाइएको छ ।
थर्ड प्लेनम आउँदो विहीबारसम्म चल्ने छ । चीनले सन् १९७८ देखि सुधारको कार्य अघि बढाएको हो । यसपालिको प्लेनमले यसलाई अझ गहिराईमा लग्ने अपेक्षा गरिएको जनाइएको छ । बैठकमा चीनले अहिले भोग्नु परिरहेका चुनौतीको बारेमा पनि छलफल र विश्लेषण गरिने जनाइएको ग्लोबल टाइम्सले जनाएको छ ।