• बैशाख ९ २०८२, मंगलवार

बाढी– पहिरोका कारण नेपाल–चीन सीमामा १३० यात्रु अलपत्र

असार २७ २०८१, बुधबार

बेइजिङ । नेपाल र चीनको सीमामा निरन्तर वर्षाका कारण पहिरो र बाढीले १३० जनाभन्दा बढी मानिस फसेका छन् । फस्नेमा पर्यटक समेत छन् ।

तिब्बतको नेपालसँगको सीमावर्ती क्षेत्रमा उद्धार अपरेसनका क्रममा ३४२ जनालाई अहिलेसम्म अन्यत्र लगिएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

आइतबारदेखि निरन्तरको वर्षाका कारण तिब्बती दूर्गम सहर झेन्टाङका सडक पहिरोका कारण अवरुद्ध भएको छ । उक्त क्षेत्रमा बिहीबारदेखि आएको आँधीले उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ ।