• बैशाख १० २०८२, बुधबार

अनुशासन उल्लङ्घन गरेको अरोपमा प्रमुख सेनानी मल्ल पक्राउ

जेष्ठ २५ २०८१, शुक्रबार

काठमाडाै‌ । नेपाली सेनाले अनुशासनको विषयलाई लिएर प्रमुख सेनानी दिरेन्द्र मल्ललाई नियन्त्रणमा लिएको छ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा कार्यरत उनलाई केही समयअघि नियन्त्रणमा लिइएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथि गौरवकुमार केसीले उनलाई नियन्त्रणमा लिएर छानबिन भइरहेको जानकारी दिए ।
सैनिक अनुशासन र आचरणको विषयमा उनीमाथि छानबिन भइरहेको उनले बताए । यसबारे थप कुरा उनले खुलाएनन । मल्ललाई कहिले नियन्त्रणमा लिएको भन्ने खुलाएनन ।

‘उहाँमाथि सैनिक अनुशासन र आचरण सम्बन्धमा छानबिन भइरहेको छ,’ उनले भने ।