काठमाडौं । भारतमा लोकसभा चुनावको मत परिणाम आउने क्रम जारी छ । चुनावको मतगणना मंगलबार बिहान सवा ८ बजेदेखि सुरू भएको हो । हालसम्म आधाभन्दा बढी सिटको परिणाम आइसकेको छ ।
कुल ५४३ मध्ये सुरत सिटमा भाजपा उम्मेदवार मतगणनाअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार हालसम्म ३ सय २८ सिटको अन्तिम नतिजा आउँदा भाजपा नेतृत्वको एनडिए गठबन्धनले १८४ सिट जितेको छ । त्यस्तै कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले १३१ सिट जितेको छ।