काठमाडाैं । भारतकाे पश्चिम बंगालमा तृणमूल कांग्रेसले ठूलो अग्रता लिएको छ । अहिले तृणमूल कांग्रेसका कार्यकर्ताहरू उत्सव मनाइरहेका छन् ।
पश्चिम बंगालको कुल ४२ लोकसभा सीटमध्ये तृणमूल कांग्रेस ३१ सिटमा अगाडि छ । भाजपाले १० र कांग्रेसले एक सिटमा अग्रता लिएको छ ।
सन् २०१९ काे लोकसभा चुनावमा यहाँ तृणमूल कांग्रेसले २४ सिट जितेकाे थियाे भने भाजपाले १७ सिट जितेकाे थियाे । कांग्रेसले एक सिट जितेकाे थियाे ।