नयाँ दिल्ली । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल आम–निर्वाचन सम्मका लागि अन्तरिम जमानतमा छुट्ने भएका छन् ।
भारतको सर्वोच्च अदालतले शुक्रबार केजरीवाललाई जुन १ सम्मका लागि जमानतमा छाड्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
न्यायाधीश सञ्जिव खन्ना र दिपान्कर दत्तको इजलासले उक्त आदेश दिएका हुन् ।
अहिले भारतमा जारी लोक सभा निर्वाचनका लागि उनलाई छाड्न आदेश दिएको हो । यद्यपि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले निर्वाचनका लागि छाड्न नहुने तर्क गरेको थियाे। दिल्लीमा मे २५ तारिखमा निर्वोचन हुँदैछ ।
सर्वोच्चको आदेश अनुसार चुनाव सकिएलगत्तै जुन २ तारिखमा उनले आत्मसमर्पण गर्नुपर्ने हुन्छ । निर्वाचनको मतगणना र मतपरिणाम आउँदा भने उनी जेलमै हुनेछन् । अहिले जमानतमा छुटेपनि विभिन्न शर्तहरू राखिएका छन् ।
केजरीवाललाई मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा इडीले गत मार्च २१ तारिखमा पक्राउ गरेको थियो ।
उनलाई पक्राउ गरी तिहाड जेलमा राखिएको छ ।