• मंसिर १३ २०८१, बिहीबार

आजदेखि बागमती प्रदेशमा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा प्रयोग हुने

बैशाख २४ २०८१, सोमबार

काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याइएको छ ।

गत बुधबार (२०८१ वैशाख १२ गते) बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो।

२४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको थियो । सो निर्णय अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्दैछन् ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री गंगानारायणि श्रेष्ठले २४ वैशाखपछि बागमती प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा प्रयोग गर्नुपर्ने बताए । यो खुसियालीमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।