• जेष्ठ ४ २०८३, सोमबार

उपप्रधानमन्त्री श्रेष्ठ र जापानकी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता

बैशाख २३ २०८१, आईतवार

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री परराष्ट्रमन्त्री  कामिकावा बीच भेटवार्ता भएको छ ।

नेपालको एक दिने सद्भावना भ्रमणका लागि आएकी जापानकी विदेशमन्त्री कामिकावाले आइतवार अपरान्ह सिंहदरबारमा पुगेर उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरेकी हुन्।

दुई पक्षीय सम्बन्धलाई अझ कसरी मजबुत बनाउँदै लैजाने भन्ने विषयमा छलफल गरिएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए । हाम्रा बीचका आर्थिक सहयोगात्मक सम्बन्धहरुलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा पनि आपसी छलफल भएको उनले बताए । उनहरुबीच विश्वका विभिन्न परराष्ट्रसँग सम्बन्धित मामिलाबारे पनि छलफल भएको थियो ।

जापानकी विदेशमन्त्री कामिकावा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको एक दिने भ्रमणका क्रममा नेपाल आएकी हुन् । उन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरी आजै स्वदेश र्फकिनेछिन् ।