काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा एकै परिवार पाँच जना घाइते भएका छन् । रौतहट घर भइ टहरामा बस्दै आएका सञ्जय गिरीको टहरामा भतिजा नित गिरीले मोबिलमा आगो लाग्छ कि लाग्दैन भनेर लाइटर सल्काउँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
लामो समयदेखि टहरोमा बसेर विभिन्न सवारीको डढेको मोबिल संकलन गर्ने काम गर्दै आएका गरी परिवार नै आगोले जलेका छन् ।
संजयसहित उनकी श्रीमती रूपा गिरी, छोरीहरू ८ वर्षीया प्रिया र ३ वर्षीया छोरी एलिसासहित भतिजा १५ वर्षीय नित गिरी घाइते भएका हुन् । घाइतेमध्ये संजय र दुबै छोरीको अवस्था गम्भीर गरेको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।
उनीहरू सबैको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ ।