काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डाइभर्सिटी भिसाको नतिजा आज शनिबार आउने जानकारी दिएको हो ।
दूतावासले आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।
आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको जानकारी दिएको छ ।