• जेष्ठ ४ २०८३, सोमबार

सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ७५ घर जलेर नष्ट

बैशाख २१ २०८१, शुक्रबार

काठमाडौं । सलाहीको विष्णु गाउँपालिका–१, स्थित बाराउद्योरण गाउँमा आगलागी हुँदा ७५ वटा घर जलेका छन् । स्थानीय शत्रुघन राउतको घरमा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा टोलमा आगो फैलिएको जिल्ला प्रहरी कायालस सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

उनका अनुसार फुसको घरबाट सल्किएको आगो एकपछि अर्को घर हुँदै सिंगो गाउँमै फैलिएको थियो । आगोमा झुल्सिएका कयौँ घरहरूमा पनि लगातार ग्यास सिलिन्डर बिस्फोट भएको थियो ।  आगलागीमा परेका घरहरुमा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कागजात, पैसा लगायतका सामग्री नष्ट भएको छ ।

ती घरहरुमा भएको क्षतिको विवरण अहिले संकलन भइरहको डिएसपी श्रेष्ठले बताए । समयमा आगो निभाउन दमकल नपुगेका कारण बढी क्षति भएको प्रहरीले जनाएको छ । आगलागी भएको विष्णु गाउँपालिकामा दमकल छैन् । हरिवन र मलंगवा नगरपालिकामा मात्रै दमकल छन् ।

मलंगवा नगरपालिकाले दमकल बिग्रेको बताएको र हरिवनका दमकल अर्को ठाउँमा लागेको आगो निभाउन गएकाले ढिलो दमक पुगेको डिएसपी श्रेष्ठले बताए । हरिवन नगरपाकिलाको दमकल बिहीबारै लालबन्दी नगरपालिका– १७, रानीगन्जमा लागेको आगो निभाउन गएका थिए ।

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट आगलागी भएको करिब चार घण्टापछि मात्रै दमकल पुगेको थियो । ‘भारतबाट पनि दमलक बोलाएका थियौं तर उतापनि आगलागी भएपछि उनीहरु बाटोबाटै फर्के,’ डिएसपी श्रेष्ठले भने ।