• जेष्ठ ४ २०८३, सोमबार

तापक्रम ४१ डिग्री भन्दा माथि पुग्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द

बैशाख १९ २०८१, बुधबार

काठमाडौं । अत्यधिक गर्मी बढ्दै तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द हुने भएका छन् । बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गरी केही दिनदेखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेका कारण २० र २१ वैशाखमा विद्यालयमा बिदा दिइएको जनाएको हो ।

अत्यधिक गर्मी र तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने देखिएकाले दुई दिन बिदा दिइएको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बताए ।

यद्यपि राष्ट्रिय परिक्षा केन्द्रबाट सञ्चालित कक्षा १२ का परीक्षाहरू यथावत सञ्चालन हुने जनाइएको छ ।