काठमाडौं । काठमाडौंको शङ्खमूलस्थित दोभान पुलनजिक आगलागी भएको छ । आगलागीमा परी त्यस वरपरका पाँचवटा पसलहरूमा क्षति पुगेको छ । आगलागीबाट मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।